प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकी नवनियुक्त अध्यक्ष शिक्षा भट्टचनद्वारा सपथ ग्रहण

काठमाडाैं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकी नवनियुक्त अध्यक्ष शिक्षा भट्टचनले आज सपथ ग्रहण गरेकी छन्।

नवनियुक्त अध्यक्ष भट्टचनलाई नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन्। सपथ ग्रहण कार्यक्रम बीमा प्राधिकरणको कार्यालयमा राखिएको थियो।

प्रभु महालक्ष्मी लाइफको साउन १ गते साँझ सञ्चालक उमेशलाल श्रेष्ठको अध्यक्षतामा बसेको पहिलो बैठकले भट्टचनलाई सर्वसम्मतिले अध्यक्षमा मनोनयन गरेको थियो। अमेरिकाबाट साइबर सेक्युरिटीमा स्नातकोत्तर गरेकी भट्टचन प्रभु ग्रुपअन्तर्गत विभिन्न कम्पनीको उच्च तहमा बसी अनुभव हासिल गरेकी छन्।

गत असार २९ गतेबाट एकीकृत कारोबार सुरु गरेको प्रभु महालक्ष्मी लाइफको ७ सदस्यीय सञ्चालक समिति रहेको छ। अध्यक्ष भट्टचनलगायता सञ्चालकहरुमा उमेशलाल श्रेष्ठ, सुरेश सापकोटा, शंकर गौतम, ज्योति शेरचन र सुसन शेरचन रहेका छन्। स्वतन्त्र सञ्चालक मनोनयन हुन बाँकी रहेको कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *