बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले दुई महिनाका लागि ७० अर्ब खिच्दै

काठमाडौँ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ७० अर्ब रुपैयाँ खिच्ने भएको छ। यसका लागि राष्ट्र बैंकले आज दिउँसो ३ बजे बोलकबोल हुने गरी सूचना जारी गरेको छ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलनमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि बोलकबोल गर्न सक्नेछन्। बोलकबोल रकम ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म निर्धारण गर्नुपर्नेछ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा आधारित हुने राष्ट्र बैंकले जनाएको छ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन पाउनेछन्।

राष्ट्र बैंकले दुई महिनाका लागि जारी गर्न लागेको उक्त निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज आगामी मंसिर २३ गते भुक्तानी गर्ने जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *