अर्थ सन्जाल
९ आश्विन २०८०, मंगलवार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
९ आश्विन २०८०, मंगलवार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

बीएमडब्लूको सर्वाधिक सफल इलेक्ट्रिक एसएभी ‘आईएक्स-३’ नेपालमा

  • अर्थ सन्जाल
  • १ श्रावण २०८०, सोमबार १९:३४


काठमाडौं । जर्मन प्रिमियम कार ब्रान्ड बीएमडब्लूको सर्वाधिक सफल मोडल आइएक्स–३ नेपालमा सार्वजनिक भएको छ । नेपालमा पेट्रोलबाट चल्ने मोडल एक्स–३ को सफलतापछि लक्ष्मी प्रिमियम मोटर्सले प्योर इलेक्ट्रिक मोडल आईएक्स ३ नेपाल ल्याएको हो ।

बीएमडब्लूको स्पोर्टस एक्टिभिटी भेहिकल (एसएभी) आईएक्स–३ विश्व बजारमा कम्पनीको सर्वाधिक बिक्री हुने मोडल हो । ‘नेपाली बजारमा पनि विश्व बजारको जस्तै सफलता मिल्ने कुरामा हामी विश्वस्त छौँ। हामीले नेपालमा विगत ३ वर्षदेखि बीएमडब्लूका प्रिमियम उत्पादन बिक्री गर्दै आएका छौँ’, कम्पनीले भनेको छ, ‘नेपालमा बढ्दो विद्युतीय कारको बजारलाई ध्यानमा राख्दै सून्य कार्वन उत्सर्जन गर्ने विद्युतीय भेहिकलको माग बमोजिम अल–इलेक्ट्रिक एसएभी आईएक्स–३ सार्वजनिक गरेका हौँ।’

निकै प्रिमियम फिचर, सुरक्षामा अब्बल र उत्कृष्ट रेन्ज आईएक्स–३ को बलियो पक्ष हो । ८० किलोवाट पावर क्षमताको लिथियम आयोन ब्याट्री, २१० किलोवाट क्षमताको रियर ह्विल ड्राइभ मोटर यसमा पाउन सकिन्छ ।

कम्पनीले यसमा ५.० ई–ड्राइभ टेक्नोलोजी प्रयोग गरेको छ । यसको अधिकतम पावर २८५ पीएस र टर्क ४०० न्युटन मिटर रहेको छ ।

यसमा रहेको ८० किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ४६० किलोमिटर रेन्ज प्रदान गर्ने डब्लूएलटीपीको परीक्षणले प्रमाणित गरेको छ । उक्त ब्याट्रीलाई १५० किलोवाट क्षमताको डिसी चार्जरले ३४ मिनेटमा सून्यबाट ८० प्रतिशत चार्ज गर्ने क्षमता राख्दछ ।

यात्रालाई अस्मिरणीय बनाउन म्युजिकका लागि १६ वटा स्पिकर प्रयोग गरिएको छ। हर्मोन कार्डनको साउन्ड सिस्टम भएका कारण यसमा संगितको उत्कृष्ट अनुभव लिन सकिन्छ ।

पानारोमिक ग्लास रुफको प्रयोग गरिएका कारण दिन र रातको समयमा खुला आकासको दृश्यावलोकन गर्न सकिने छ । त्यसले कारलाई थप लक्जरी बनाएको छ । यसको ड्यासबोर्डमा १२.३ इन्चको पूर्ण डिजिटल क्लष्टर र १२.३ इन्चकै इन्फोटेन्टमेन्ट सिस्टम रहेको छ ।

वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, स्पोर्टी सिट, लेदर र्याप गरिएको थ्री स्पोक स्टेरिङ ह्वील, एम्बियन्ट लाइटको कारण क्याविनले निकै प्रिमियम फिल गराउनेछ ।

भित्र जति सुन्दर क्याबिन छ । बाहिर पनि आईएक्स–३ त्यति नै सुन्दर छ । स्टाइलिस डिजाइनमा तयार भएको एसएभीमा २० इन्चको एरोडायनामिक ह्विल पाउन सकिन्छ ।

बीएमडब्लू अटोमोटीभ क्षेत्रमा पृथ्क र नविन उत्पादनको लागि परिचित र अग्रणी कम्पनी हो । आफ्ना प्रत्येक उत्पादनमा दिगो इको सिस्टम निर्माण, असाधारण ड्राइभिङ्ग अनुभव प्रदान र वातावरणीय फुटप्रिन्टमा आफूलाई अब्बल बनाउँदै आएको छ ।

त्यसकै परिणामस्वरुप कम्पनीले ब्याट्री प्रविधिमार्फत दिगो वातावरण संरक्षणमा भूमिका खेलिरहेको छ ।

नवीकरणीय स्रोतहरुको चयन, ऊर्जा क्षेत्रमा कुशल प्रणालीको विकास र वातावरण सुधार तथा सुन्दर भविष्य निर्माण गर्ने आफ्नो प्रतिबद्धतालाई आईएक्स–३ ले पूर्ण गरेको कम्पनीले दाबी गरेको छ ।

काठमाण्डौको तीनकुनेमा सुविधा सम्पन्न शोरुम सञ्चालन गरिरहेको लक्ष्मी प्रिमियम मोटर्सले २०२० देखि बीएमडब्लूका बिभिन्न उत्पादन बजारमा उपलब्ध गराउँदै आएको छ। कम्पनीको प्रोडक्ट लाइनअपमा BMW X1 sDrive18i, BMW X3 xDrive 20i, BMW X5 xDrive45e (PHEV), BMW 5 Series (PHEV) and BMW 7 Series उपलब्ध छन् ।

पेट्रोलियमबाट चल्ने एक्स ३ मा बलियो उपस्थिति बनाएको बीएमडब्लूले आईएक्स–३ को सहयोगले प्रिमियम इलेक्ट्रिक भेहिकल सेगमेन्टमा पनि आफूलाई बलियो बनाउने अपेक्षा कम्पनीले गरेको छ ।

Artha Sanjal
मिती : १ श्रावण २०८०, सोमबार १९:३४ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

यस्ताे आज तरकारी तथा फलफूलको मूल्य

अश्लिल हर्कत देखाउनेहरुनै दमकमा समाजका अगुवा: नेतादेखि सहकारीका संचालकसम्म

कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा शुल्क नलाग्ने

बालेनलाई ओलीको जवाफ : समस्या बल्झाएर कोही सफल हुँदैन

ताजा समाचार

  1. यस्ताे आज तरकारी तथा फलफूलको मूल्य
  2. अश्लिल हर्कत देखाउनेहरुनै दमकमा समाजका अगुवा: नेतादेखि सहकारीका संचालकसम्म
  3. कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा शुल्क नलाग्ने
  4. बालेनलाई ओलीको जवाफ : समस्या बल्झाएर कोही सफल हुँदैन
  5. ७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम सिल, कृतिम मूल्य वृद्वि गरेकाे आराेप
  6. सुन्दरीजलदेखि धाम ड्यामसम्म यात्रा गर्दा
  7. सेयर कर्जाको १२ करोडको सीमा हट्न सक्ने, गभर्नर सकारात्मक

विजनेश फोकस

अश्लिल हर्कत देखाउनेहरुनै दमकमा समाजका अगुवा: न...

सेयर कर्जाको १२ करोडको सीमा हट्न सक्ने, गभर्नर ...

मन्दीको प्रभाव : दशैँ नजिकिए पनि न्यूरोड सुनसान...

माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज अन...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.