नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा ४७.०७ अंकको वृद्धि

काठमाडौं ।  नयाँ आर्थिक वर्षको पहिलो कारोबारमै सेयर बजारले फराकिलो फड्को मारेको छ।

नयाँ आर्थिक वर्षको पहिलो दिन आज सेयर बजार मापक नेप्से परिसूचक ४७.०७ अंकले बढेर २१४४.१६ को विन्दुमा उक्लिएको छ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ९.९५ अंकले बढेर ४०४.१० को विन्दुमा पुगेको छ। कारोबार रकम हिजोको तुलनामा बढेर साढे २ अर्ब रुपैयाँ बढीको भएको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा हरियाली छाएको छ भने एउटामा मात्रै रातो पोतिएको छ। आज नेप्सेमा सूचीकृतमध्ये २५७ कम्पनीका ७६ लाख ३४ हजार १९० कित्ता सेयर २ अर्ब ५६ करोड १ लाख ९१ हजार २८८ रुपैयाँमा किनबेच भएका छन्।

त्यसैगरी, विकास बैंक समूह सर्वाधिक ४.१४ प्रतिशतले उकालो लागेको छ। वित्त समूह ३.६१ प्रतिशतले बढ्दा बैंकिङ समूहमा २.८६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.६६ प्रतिशत, जलविद्युत समूहमा १.४४ प्रतिशत, लगानी समूहमा १.७२ प्रतिशत, जीवन बीमा समूहमा २.३६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.४० प्रतिशत, लघुवित्त समूहमा १.५१ प्रतिशत, निर्जीवन बीमा समूहमा २.३२ प्रतिशत, अन्य समूहमा १.३२ प्रतिशत र व्यापार समूहमा १.४४ प्रतिशतको बढोत्तरी भएको छ। म्युचुअल फन्ड समूह ०.४९ प्रतिशतले ओरालो लागेको छ।

आज शिवम सिमेन्टको सर्वाधिक १४ करोड ८६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

त्यसैगरी,हिमालयन लाइफ इन्स्योरेन्स, शाइन रेसुंगा डेभलपमेन्ट, सोल्टी होटेल, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, निफ्रा, नबिल बैंक, एनआईसी एसिया बैंक, लुम्बिनी विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *