एसीसी इमर्जिङ कप : भारतसँग भिड्दै नेपाल

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज भारत ‘ए’ सँग प्रतिस्पर्धा गर्दै छ।​

आजको नेपाल र भारतबीचको खेल दिवा—रात्रि हुनेछ। नेपाली समयअनुसार सवा २ बजे सुरु हुनेछ। पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको नेपाल सुधारिएको प्रदर्शन गर्दै पुनरागमनको प्रयासमा हुनेछ।

‘सर्ट पिच बल’ आफ्नो टिमको कमजोरीका रुपमा पहिचान गरेको र अभ्यासमा सुधार्ने प्रयास गरिरहेको नेपालका प्रशिक्षक मोन्टीको भनाइ छ। उनले यो चुनौतीलाई अवसरका रुपमा लिँदै विपक्षी तीव्र गतिका बलरबाट अधिकतम सर्ट बलको अपेक्षा गरेको पनि बताए।

पहिलो खेलमा भारतले यूएईलाई ८ विकेटले पराजित गरेको थियो । समूह बी मा भारत दुई अंकसहित शीर्ष स्थानमा र सामान अंक जोडेको पाकिस्तान दोस्रो स्थानमा छ। तेस्रो स्थानको नेपाल र अन्तिमको यूएई अंकविहीन छन्।

अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्न नेपाललाई आज जित्नै पर्ने दबाब छ। एसीसी प्रिमियर कपको अङ्क तालिकामा पहिलो, दोस्रो र तेस्रो स्थानमा रहने टोली एसीसी इमर्जिङ टिम एसिया कपमा पुग्ने प्रावधान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *