राष्ट्रिय वाणिज्य बैंकद्वारा ११ वटा शाखा विस्तार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न स्थानमा ११ वटा शाखा कार्यालय विस्तार गरेको छ ।

सिरहा जिल्लास्थित शाखा कार्यालय गोलबजार, बैतडी जिल्लास्थित शाखा कार्यालय पाटन, दार्चुला जिल्लास्थित शाखा कार्यालय गोकुलेश्वर, मोरङ जिल्लास्थित शाखा कार्यालय विराटचोक, मकवानपुर जिल्लास्थित शाखा कार्यालय सानोपोखरा, ललितपुर जिल्लास्थित शाखा कार्यालय ग्वार्को तथा मंगलबजार, सुर्खेत जिल्लास्थित शाखा कार्यालय छिन्चु, कालिकोट जिल्लास्थित शाखा कार्यालय रास्कोट, दैलेख जिल्लास्थित शाखा कार्यालय राकम कर्णाली र स्याङ्जा जिल्लास्थित शाखा कार्यालय वालिङको कारोबार शुभारम्भ गरिएको छ ।

यसपश्चात बैंकको देशभर २८२ वटा शाखा कार्यालय सञ्चालनमा आएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंंकले कर्णाली प्रदेशमा मात्र ३ वटा शाखा कार्यालय सहित शहरी क्षेत्रमा शाखा सञ्चालन गरी प्राथमिकताका साथ आम नागरिकमा आधुनिक बैंकिङ सेवा प्रवाह गरिरहेको बताए ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २८२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ, क्यूआर कोड सेवा, पीओएस (प्वइन्ट अफ सेल) सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्यूआर टेलर (बिना चेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोबाइल बैंकिङ तथा बिना इन्टरनेट चल्ने यूएसएसडी मोबाइल बैंकिङका सेवाहरु समेत सञ्चालनमा रहेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *