किसानलाई पानी तान्ने मोटर वितरण

माडी । चितवनकाे माडी नगरपालिका-६ मा किसानहरुलाई सिंचाईका लागि पानी तान्ने मोटर वितरण गरिएको छ । माडिका कृषियोग्य जमीनमा सिंचाई सुविधा र कृषि उपजकाे उत्पादन बढाउनका लागि ३ इन्च साइजको १७ थान पानी तान्ने मोटर किसानहरुलाई वितरण गरिएकाे हाे ।

वडा नं. ६ कार्यालयबाट विनियोजित ३ लाख र माडी नगरपालिकाकाे नगरसभाबाट रकमान्तरण गरिएको २ लाख गरी कुल ५ लाख रूपैंया बजेटबाट १७ थान पानी तान्ने मोटर वितरण भएकाे वडा अध्यक्ष दीपेन्द्र पौडेलले बताए ।

निर्वाहमुखी कृषि क्षेत्रलाई व्यवसायीक कृषितर्फ उन्मुख गराउने उदेश्यले कृषि क्षेत्रको उत्पादनमा वृद्धि गर्ने उक्त कृषि सामग्री वितरण गरिएको वडा अध्यक्ष पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *