काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद सोविता गौतमले नेपालमा पार्ट टाइम काम गर्न पाउने व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन् ।
आज (शुक्रबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सोविता गौतमले छिमेकी देशहरुसँग मागेर मात्र देश समृद्ध नहुने बताउँदै नेपालको दिगो विकासका लागि स्वदेशभित्र भएका संभावनाहरुको खोजी सुरु गर्नुपर्ने बताइन् ।
उनले भनिन्र,‘नेपालको अर्थतन्त्र चलायमान बनाउनुपर्छ। नेपालमा आन्तरिक श्रमबजारहरुको खोजी गरिनुपर्छ । नेपालमा पार्ट टाइम जब सिष्टमको सुरुवात गरिनुपर्छ । अर्थतन्त्रलाई कर र सामाजिक सुरक्षाको दायरामा ल्याउन आवश्यक छ।पार्ट टाइम कामदारलाई घण्टा अथवा दिएको कामको आधारमा बैंकिङ च्यानलमार्फत भुक्तानीको विकास गरिनुपर्छ । यसो गर्दा युवाहरुमा श्रम संस्कृतिको विकास भई युवाहरु आर्थिक हिसाबले आत्मनिर्भर हुन सक्छन् ।’
यसबारे सरकारले के तयारी गर्दैछ ? भनेर उनले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसँग जवाफ माग गरेकी छन् ।




