अन्तिम दिनसम्म कतिले भरे कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ ?

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्म ११७ गुणा बढीको आवेदन परेको छ ।

कम्पनीले गत असार २६ गतेबाट सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड २१ लाख ८६ हजार ७०० रुपैयाँबराबर अर्थात १०० रुपैयाँ अंकित दरका कुल १ लाख २१ हजार ८६७ कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १२ हजार १८६ कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र ५ प्रतिशतले हुन आउने ६ हजार ९३ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिसकेको छ।

बाँकी रहेको सेयरमध्ये २ प्रतिशतले हुन आउने २ हजार ४३७ कित्ता कर्मचारीलाई सुरक्षित गरी बाँकी १ लाख १ हजार १५१ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।

सीडीएससीका अनुसार यो आईपीओमा आज साँझ ५ बजेसम्म ११ लाख ८ हजार २३२ आवेदकबाट कुल १ करोड १८ लाख ९० हजार ६० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ११७.५४ गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिनेछ। जसमा भाग्यमानी १० हजार ११५ जनाले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानीमध्ये १ जनाले थप १ कित्ता सेयर पाउनेछन्।

कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *