बिहीबार दोहोरो अंकले घट्याे सेयर बजार

काठमाडौं । साताको अन्तिम दिन सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। आज सेयर बजार मापक नेप्से परिसूचक १२.६२ अंकले घटेर २०८४.९३ को विन्दुमा झरेको छ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.९० अंकले घटेर ३९१.२५ को विन्दुमा ओर्लेको छ । हिजोको तुलनामा भने कारोबार बढेको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ३ वटा समूहमा मात्रै हरियाली छाएको छ भने १० वटामा रातो पोतिएको छ। आज नेप्सेमा सूचीकृतमध्ये २९६ कम्पनीका ९३ लाख ८२ हजार ४४० कित्ता सेयर ३ अर्ब ३९ करोड ६ लाख ६० हजार ६०५ रुपैयाँमा कारोबार भएका छन्।

आज  म्युचुअल फन्ड सर्वाधिक ०.५५ प्रतिशतले उकालो लागेको छ। बैंकिङ समूह ०.३१ प्रतिशतले बढ्दा होटेल तथा पर्यटन समूहमा ०.१९ प्रतिशतको बढोत्तरी भएको छ।

त्यसैगरी,  वित्त समूह सर्वाधिक २ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह १.८८ प्रतिशतले घट्दा विकास बैंक समूहमा १.६१ प्रतिशत, लगानी समूहमा ०.७६ प्रतिशत, जीवन बीमा समूहमा १.१२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.६५ प्रतिशत, लघुवित्त समूहमा ०.०५ प्रतिशत, निर्जीवन बीमा समूहमा १ प्रतिशत, अन्य समूहमा ०.८३ प्रतिशत र व्यापार समूहमा १.६७ प्रतिशतको गिरावट आएको छ।

म्युचुअल फन्ड सर्वाधिक ०.५५ प्रतिशतले उकालो लागेको छ। बैंकिङ समूह ०.३१ प्रतिशतले बढ्दा होटेल तथा पर्यटन समूहमा ०.१९ प्रतिशतको बढोत्तरी भएको छ।

त्यसैगरी, सोल्टी होटेल, हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल टेलिकम, चिलिमे हाइड्रोपावर, हिमालयन डिस्टिलरी, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र डिप्रोक्स लघुवित्तको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *