एसीसी इमर्जिङ कप आजबाट : नेपालकाे पहिलाे खेल भोलि पाकिस्तानसँग

काठमाडौं । श्रीलंकामा आज बिहीबारबाट एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगिता सुरु भएकाे छ । प्रतियोगिताको पहिलो दिन समूह ए का दुई खेल हुँदैछ ।

प्रतियोगिताको पहिलो खेलमा श्रीलंका ए ले बंगलादेश ए को सामना गर्दै छ । खेल सिंहालिस स्पोर्टस क्लब कोलम्बोमा सुरु भएकाे छ । प्रतियोगिताको पहिलो खेल खेल्दै गरेका दुवै टोली जितका साथ प्रतियोगिता सुरुआत गर्न चाहन्छन् ।

दोस्रो खेलमा अफगानिस्तान ए र ओमान ए भिड्दै छन् । खेल कोलम्बो क्रिकेट क्लबको मैदानमा सुरु भएकाे छ । प्रतियोगिताको पहिलो खेल खेल्दै गरेका दुवै टोली जितका साथ प्रतियोगिता सुरुआत गर्न चाहन्छन् ।

दुवै खेल नेपाली समय अनुसार बिहान सवा १० मा सुरु हुनेछ । समूह बी मा रहेको नेपालले शुक्रबार आफ्नो पहिलो खेलमा पाकिस्तान ए सँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *