एमसीसी विरुद्ध बिहीबार नयाँ बानेश्वरमा भएको प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपमा तीन जना घाइते भएका छन् । प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपमा पत्रकारसहित दुई जना घाइते भएका हुन् ।
घाइते भएका मध्ये हेमराज अवस्थीको अवस्था चिन्ताजनक छ । उनको बीर हस्पिटलको त्रमा सेन्टरमा उपचार हुदै छ ।
त्यस्तै एभिन्युज टेलिभिजनका क्यामेरा पर्सन सुरेश रजगको नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा उपचार भइरहेको छ । बानेश्वर प्रहरीका अनुसार उनको टाउको र शरीरमा चोट लागेको छ ।
अर्का घाइते केदार सिवाकोटीको पनि एभरेष्ट अस्पतालमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ । रगज प्रर्दशनको भिडियो खिच्ने क्रममा र सिवाकोटी प्रर्दशनमा उत्रिएको बेला घाइते भएका हुन् ।
१३.३०