सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि सेयर बजारमा दोहोरो अंककाे गिरावट देखिएको छ । आज नेप्से परिसूचक २१.३२ अंकले घटेर  २०७५.९७ को विन्दुमा ओर्लेको छ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४.१७ अंकले घटेर ३८६.३५ को विन्दुमा झरेको छ। कारोबार रकम हिजोको तुलनामा घटेर ४ अर्ब रुपैयाँ बढीको भएको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटामा मात्रै हरियाली छाएको छ भने अन्य १२ वटामा रातो पोतिएको छ। आज नेप्सेमा सूचीकृतमध्ये २७६ कम्पनीका ९४ लाख १८ हजार ९५२ कित्ता सेयर ४ अर्ब ५ करोड १० लाख ७८ हजार ३७५ रुपैयाँमा कारोबार भएका छन्।

यो दिन होटेल तथा पर्यटन समूह २.०७ प्रतिशतले उकालो लागेको छ। व्यापार समूहमा पनि ०.६६ प्रतिशतको बढोत्तरी भएको छ।

आज जीवन बीमा समूह सर्वाधिक १.८३ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह १.३४ प्रतिशतले घट्दा बैंकिङ समूहमा १.०२ प्रतिशत, विकास बैंक समूहमा ०.८७ प्रतिशत, वित्त समूहमा ०.५३ प्रतिशत, लगानी समूहमा ०.७५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.१३ प्रतिशत, लघुवित्त समूहमा १.३० प्रतिशत, म्युचुअल फन्ड समूहमा १.०७ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.७६ प्रतिशत र अन्य समूहमा १.१४ प्रतिशतको गिरावट आएको छ।

आज हिमालयन लाइफ इन्स्योरेन्सको सर्वाधिक २३ करोड ९४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

सोल्टी होटेल, नागरिक लगानी कोष, शिवम सिमेन्ट, एनएलजी इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, तारागाउँ रिजेन्सी होटेल, हिमालयन डिस्टिलरी, सूर्यज्योति लाइफ इन्स्योरेन्स र एसियन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *