काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई आज (सोमबार) पक्राउ गरेको हो ।
तत्कालीन नासु रमेशकुमार पोखरेल र देवनारायण महर्जनलाई पक्राउ गरिएकाे ब्यूरोका एसएसपी दिनेश आचार्यले जानकारी दिए । पोखरेल गृह मन्त्रालय अन्तर्गतको समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख थिए भने महर्जन ललिता निवास जग्गामा मोही बनेका थिए ।
यसअघि आइतबार पनि ब्यूरोले तीन जनालाई पक्राउ गरेको थियो । साेमबार समातिएका दुईसहित ललिता निवास प्रकरणमा हालसम्म पक्राउ पर्नेकाे संख्या ९ पुगेको छ ।




