काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा नेपालले सिंगापुरलाई जितका लागि १८५ रनको लक्ष्य दिएको छ ।
मलेसियाको जारी बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको हो ।
जसमा सुर्यन्शु कोइराला र निरजकुमार यादवले समान ४२ रन बनाए । सिंगापुरका हरिहरनले ३ विकेट लिए ।
नेपाल समूह ए को विजेता र सिंगापुर समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा भिडिरहेका हुन् । समूह चरणमा नेपालले थाईल्यान्डलाई २ सय २५ रन र मलेसियालाई ८४ रनले हराएको थियो ।




