धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५३ दशमलव ७० अङ्कले ओरालो लागेर दुई हजार ९७ दशमलब २९ मा सीमित भएको छ ।
आज नेप्सेमा सूचीकृतमध्ये २८६ कम्पनीका १ करोड १३ लाख २३ हजार १८३ कित्ता सेयर ५ अर्ब ८ करोड १९ लाख ७६ हजार १७९ रुपैयाँको भएको छ।
आज लघुवित्त समूह सर्वाधिक ४.७५ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह ३.४८ प्रतिशतले घट्दा बैंकिङ समूहमा २.३८ प्रतिशत, वित्त समूह २.०२ प्रतिशत, होटेल तथा पर्यटन समूह २.७२ प्रतिशत, जलविद्युत समूहमा ३.१५ प्रतिशत, लगानी समूहमा १.३६ प्रतिशत, जीवन बीमा समूहमा १.१९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.२९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.७८ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.९९ प्रतिशत, अन्य समूहमा २.३७ प्रतिशत र व्यापार समूहमा २.२८ प्रतिशतको गिरावट आएको छ।
हिमालयन लाइफ इन्स्योरेन्सको सर्वाधिक ४२ करोड ५६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
आज शिवम सिमेन्ट, सोल्टी होटेल, सूर्यज्योति लाइफ इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, हिमालयन डिस्टिलरी, एसियन लाइफ इन्स्योरेन्स, नागरिक लगानी कोष, हिमालयन एभरेस्ट इन्स्योरेन्स र स्वावलम्बन लघुवित्तको सर्वाधिक कारोबार भएको छ।




