सानिमा बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सानिमा बैंकको संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका कायम संस्थापक सेयरधनीको ६७ हजार कित्ता सेयर बिक्री गर्ने भएको हो ।

सेयर न्यूनतम मूल्य १४५ रुपैयाँको दरले बिक्री गर्ने तय छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बैंकको संस्थापक सेयर पछिल्लो पटक १५१ रुपैयाँले किनबेच भएको थियो ।

बैंकले पहिलो प्रस्ताव विद्यमान संस्थापकहरुलाई गरेको छ । इच्छुकले ३५ दिनभित्र कति कित्ता र के मूल्य दिने प्रस्ताव सहित निवेदन दिन आग्रह गरेको छ ।

तोकिएको समयावधि भित्र पर्याप्त आवेदन नआए बैंकले आम सर्वसाधारण वा संस्थाललाई सेयर बिक्री गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *