काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।
आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै प्रतितोला छापावाला सुन १ लाख ९ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ९०० रुपैयाँ कायम भएको छ ।
हिजो बुधबार पनि सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको थियो । यो दिन प्रतितोला छापावाला सुन १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँ कायम भएको छ । हिजो मूल्य स्थिर रहँदै चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो ।







