झाँक्रीको कटाक्ष : एक अध्यक्ष हटाउँदैमा पार्टी पुनर्गठन हुन्छ ?

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीभित्र चलिरहेको पुनर्गठन अभियान आफूले नबुझेको बताएकी छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष केपी शर्मा ओलीको पक्षधरता लिँदै पुनर्गठन अभियानबारे कटाक्ष गरेकी छन् ।

‘एक जना अध्यक्ष हटाउने र बाँकी पुरानै संरचना, पुरानै कार्यशैली, पुरानै अनुहार र पुरानै शक्ति सम्बन्ध कायम राख्ने हो भने त्यसलाई पुनर्गठन भन्न मिल्छ कि मिल्दैन ?,’ उनले लेखेकी छन् ।

अझ रोचक कुरा के छ भने जेनजी आन्दोलन हुनुभन्दा दुई दिनअघि नै एमालेको विधान महाधिवेशनमा आन्तरिक लोकतन्त्रको प्रश्न किन उठेन ?’, झाँक्रीको अर्को प्रश्न छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *