जनमत पार्टीले बजेटको विपक्षमा मत हाल्ने निर्णय

काठमाडौं । सत्ता गठबन्धनमा सामेल भएको जनमत पार्टीले बजेटको विपक्षमा मत हाल्ने निर्णय गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले बजेट गरिबमारा, मधेशविरोधी र असमान भएको भन्दै बजेटलाई समर्थन नगर्ने निर्णय गरेको अध्यक्ष डा. सीके राउतले बताए । प्रतिनिधिसभामा जनमतका ६ जना सांसद छन् ।

जनमत पार्टी मन्त्री पदकै लोभमा अरू पार्टी जस्तो समर्थन नगर्ने बताए । उनले भने, ‘यो संसदको गरिमाको लागि पनि अपरिहार्य छ । डेढ महिना बजेटमाथि बहस गर्ने तर अन्तिममा आएर त्यही बजेटलाई संशोधनविना समर्थन गरिदिने निरर्थक संसदीय अभ्यास र निरीह संसद्को खिलाफ पनि जनमत पार्टीको यो कदम महत्वपूर्ण र ऐतिहासिक छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *