गभर्नरको पदावधि ३ वर्ष कायम गर्ने अर्थ समितिको निर्णय

काठमाडौँ । अर्थ समितिले गभर्नरकाे पदावधि घटाएको छ । नेपाल राष्ट्र बैंक ऐन संशोधनका लागि दफावार छलफलमा रहेको उक्त विधेयकमा गभर्नरको पदावधि घटाएर ३ वर्ष कायम गर्ने निर्णय भएको हो ।

यसअघि गभर्नरको पदावधि ५ वर्षको थियो । संशोधित विधेयकमा पदावधि ३ वर्षको हुने तर सरकारले चाहेमा २ वर्षका लागि निरन्तरता दिन सक्ने व्यवस्था गर्ने निर्णय भएको समितिका सचिव लक्ष्मण अर्यालले जानकारी दिए ।

उक्त निर्णय समितिबाट सर्वसम्मत रूपमा भएको समेत अर्यालले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *