काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य ओरालो लागेको छ ।
आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै प्रतितोला छापावाला सुन १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ ।
हिजो मंगलबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो । यो दिन प्रतितोला छापावाला सुन १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर रहँदै तोलाको १ हजार ३७५ रुपैयाँ नै कायम भएको छ । हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो ।




