

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ ।
महानगरपालिकाको सहकारी विभागले जारी गरेको सूचना राख्दै मेयर शाहले सहकारीहरूको साधारण सभाको जानकारी, लेखा परीक्षण प्रतिवेदनलगायतका विवरण माग गर्दै ३० दिन भित्र पेश गर्न निर्देशन दिएका हुन् ।
ऐनको दफा २८ को उपदफा २ मा आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा बोलाउनुपर्ने, दफा ५४ को उपदफा १ मा तीन महिनाभित्र लेखापरीक्षण गराउनुपर्ने, दफा ५२ मा उक्त विवरण बुझाउनु पर्ने व्यवस्था छ । दफा ६६ मा सहकारीको विघटन वा दर्ता खारेजीसम्मको व्यवसथा छ ।
सूचना जारी भएको मितिले ३० दिनभित्र विवरण पेश नगरे महानगरको सहकारी ऐनअनुसार कारबाही गर्ने चेतावनी दिइएको छ ।
Artha Sanjal

अर्थ सन्जाल