बिहीबार सार्वजनिक बिदा: सेयर बजार पनि बन्द रहने

काठमाण्डौ । सेयर बजार बिहीबार बन्द रहने भएको छ।

सरकारले बकर ईदमा सार्वजनिक बिदा दिएकोले सेयर बजार पनि बन्द रहने भएको हो। अब भोलि बुधबार सेयर बजारको यो साताको अन्तिम कारोबार हुनेछ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्वारा आज विज्ञप्तिमा निकालेर असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने उल्लेख छ। बकर ईदका अवसरमा सरकारले देशैभर सार्वजनिक बिदा दिएको हो।

यो साताको आइतबार र सोमबार सेयर बजार बढेर बन्द भएको छ। लगातार तेस्रो दिन बजार बढेको हो।  आज मंगलबार पनि सेयर बजार भारी अंकले उकालो लागेको छ।

आज बजार ५६.९४ को अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २१८६.३६ को विन्दुको उक्लिएको छ। कारोबार रकम हिजोको तुलनामा बढेर करिब साढे ५ अर्ब रुपैयाँको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *