ललितपुर महानगरपालिकाले ल्यायो ६ अर्ब ५० करोडको बजेट

काठमाडौं । ललितपुर महानगरपालिकाले ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट ल्याएको छ ।

महागरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले प्रस्तुत गरेको बजेटमा पूँजीगत तर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालु तर्फ २ अर्ब ४९ करोड ८४ लाख को बजेट आएको हो ।

ललितपुरले सडक पूर्वाधार, सम्पदा संरक्षण, एक वडा एक उद्यान, एक घर एक बोट, स्मार्ट स्ट्रिट लाइट, प्रत्येक वडामा सार्वजनिक शौचालय, अपाङ्गमैत्री फुटपाथ लगायत विषयलाई प्राथमिकतामा राखेको छ ।

त्यस्तै, प्रत्येक वडामा सार्वजनिक शौचालय र आयोजना बैंक निर्माणमा पनि महानगरले जोड दिएको छ । विपद व्यवस्थापनका लागि ‘पाटन शहर सुत्दैन’ लागू गरिने बजेटमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *