काठमाडौं । विश्वकप छनोटमा नेपालले नेदरल्याण्ड्सले १६८ रनको लक्ष्य दिएको छ ।
पावर प्लेमा विना विकेटको क्षतिमा ८६ रन बनाएको नेदरल्याण्ड्सका म्याक्सवेल ओ’डाउडले अर्धशतक पूरा गरेका छन् । १२औं ओभरको चौथो बलमा ललित राजवंशीलाई छक्का हान्दै उनले ३० बलमा ५० रन बनाएका हुन् । त्यस ओभरको समाप्तीमा डच टोलीले ८० रन पूरा गरिसकेको थियो ।
अर्को ओभरको अन्तिम बलमा सन्दीप लामिछानेले नेपाललाई पहिलो विकेट दिलाएका छन् ।




