सहकारी सञ्चालक समितिका अध्यक्ष काठमाडौं महानगरपालिका ३० बस्ने ४२ वर्षीय सुरज बस्नेत र उपाध्यक्ष काठमाडौं महानगरपालिका १६ पकनाजोल बस्ने ५७ वर्षीय शिव पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका ३१ पुरानो बानेश्वरस्थित भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका १५ जना निक्षेपकर्ताहरूको ६ करोड २५ लाख रुपैयाँ रकम ठगी गरेको अभियोगमा उनीहरुलाई फागुन ४ गते प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले सुरजलाई अनामनगर अनि शिवलाई पकनाजोलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।उनीहरुलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा ब्यूरोबाट थप अनुसन्धान भइरहेको छ ।