बझाङ दुर्घटना अपडेट : २ जनाको मृत्यु, मन्त्रीसहित ३ जनाको अवस्था गम्भीर

काठमाडौँ । बझाङमा भएको गाडी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित ३ जनालाई हेलिकप्टरबाट नेपालगञ्ज ल्याएको छ ।

बझाङको केदारस्युँ गाउँपालिकामा भएको जीप दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहकी श्रीमती अमृतादेवी सिंह र उनकी भाउजू जयादेवी सिंहको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेशका  अनुसार आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित, चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत् नेपालगञ्ज ल्याइएको छ । मन्त्री सिंहको अवस्था गम्भीर छ।

मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१-००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *