काठमाडौं । संघीय संसद्को अर्थ समितिले धितोपत्र ब्रोकरको नयाँ लाइसेन्सको प्रक्रिया खुला गर्न निर्देशन दिएको छ । समितिको आज (मंगलबार)को बैठकले ब्रोकरहरूको नयाँ लाइसेन्सका लागि अनुमति खुला गरेको हो ।
धितोपत्र ब्रोकरको लाइसेन्स वितरण प्रक्रियालाई लिएर विवाद चर्किंदै गएपछि यस सम्बन्धमा छलफल गर्न संघीय संसद्को अर्थ समितिले सोमबारको बैठक डाकेको थियो। गत जेठ २९ मा नयाँ ब्रोकर र स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोक्न निर्देशन दिएको अर्थ समितिले मंगलबारको छलफलपछि यस्तो निर्देशन दिएको हो ।




