सरकारको निर्णयविरुद्ध अदालत पुगेका प्राध्यापक चलाउने प्रहरी नियन्त्रणमा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले पक्राउ गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयविरुद्ध जिल्ला अदालत काठमाडौंभित्र आन्दोलन गर्न पुगेका उनीसहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। आफूमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्तामाथिको मुद्दा फिर्ता लिने मन्त्रिपरिषदले निर्णय गरेको थियो ।

चलाउनेले आफूले बन्द इजलास र सरकारबाट न्याय नपाएको गुनासो गर्दै सत्याग्रह बस्ने घोषणा पनि गरेका थिए।  चलाउनेलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

चलाउनेलाई २०७७ असोज २० गते त्रिवि नेविसंघ अध्यक्ष हरि आचार्यको समूहले साङ्घातिक आक्रमण गरेका थिए ।  आचार्यसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा रहेको थियो । मुद्दाको अन्तिम सुनुवाइ मंगलबारका लागि तोकिएको थियो ।
तर, त्यसअघि नै सरकारले नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *