शेयर बजारमा सामान्य गिरावट, ८ अर्ब ८९ करोडकाे कारोबार

काठमाडौं । आज शेयर बजार आज सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ५.४५ अंकले घटेर २६९०.१५ को विन्दुमा बन्द भएको छ।

आज ३४८ कम्पनीको २ करोड २८ लाख ६२ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ८९ करोड माथिको शेयर कारोबार भएको छ । आज १०२ कम्पनीको शेयर मूल्य बढेको छ भने १६९ कम्पनीको शेयर मूल्य घटेको छ । यो दिन ८ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

आज सबैभन्दा धेरै लुम्बिनी विकास बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको ३८ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको हो । शिवम् सिमेन्टको ३० करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । घलेम्दी हाइड्रोको २७ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बेनी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन् । स्वाभिमान लघुवित्तका लगानीकर्ताले १२ .११ प्रतिशतका दरले कमाएका छन् । लुम्बिनी विकास बैंकका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै मेच्छियाम हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४.०८ प्रतिशतका दरले गुमाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *