यस्तो छ आजको सुनचाँदीको बजारभाउ

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ।

हिजो सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो । यो दिन प्रतितोला छापावाला सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर १ हजार ४४० रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *