


काठमाडौं । गोलभेँडाको उचित मूल्य नपाएको भन्दै कालिमाटी तरकारी बजारमा गोलभेँडा फ्याकेर किसानहरुले विरोध गरेका छन् । नेपाली तरकारीको मूल्य नपाएको भन्दै किसानहरुले आइतबार बिहान कालीमाटी बजारमा टमाटर फ्यालेर विरोध प्रदर्शन गरेका हुन्।
भारतीय तरकारीका कारण स्वदेशी उत्पादनले उचित मूल्य पाउन नसकेको, उत्पादित तरकारी बिक्री नभएको भन्दै उनीहरुले टमाटर फालेका हुन् । समयमा मल बीउ नपाइने र उत्पादित तरकारी बिक्री नहुने जस्ता समस्याबारे सरकार मूकदर्शक भएको किसानहरुको आरोप छ ।
४ रुपैयाँ किलोमा पनि गोलभेँडा ब्रिकी नभएको तर भारतीय गोलभेँडा भने ४० रुपैयाँ प्रति केजीमा बिक्री भइरहेको भन्दै किसानहरुले गोलभेँडा फालेर आन्दोलन गरेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । टनेलमा उत्पादित गोलभेडाले उचित बजार मूल्य नपाएको तर भारतीय गोलभेँडाले बजार पाएको किसानहरुको दुखेसो छ ।

अर्थ सन्जाल