


काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले करिब ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ३९ हजार १६२ कित्ता सेयर बिक्रीमा ल्याएको हो।
बैंकले ललिता थापाको २९ हजार १६२ कित्ता र अम्बरबहादुर थापाको १० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
ललिता थापाको नाममा रहेको सेयर बिक्रीका लागि यसअघि ३५ दिने सूचना प्रकाशित भएकोमा संस्थापक सेयरधनीहरुबाट कुनै खरिद आवेदन पनपरेपछि संस्थापक सेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाले पनि खरिद आवेदन दिन सक्ने गरी बिक्रीमा ल्याएको छ।
त्यसैगरी, अम्बरबहादुर थापाको सेयरमा भने विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिद आवेदन पाउनेछन् । यी दुवै संस्थापकको सेयर खरिदका लागि ३५ दिनको अवधि दिइएको छ ।
इच्छुक लगानीकर्ताले तोकिएको अवधिमा सुनसरीको धरानस्थित बैंकको केन्द्रीय कार्यालय वा धितोपत्र सेयर रजिस्ट्रार प्रभु क्यापिटलको काठमाडौंको कमलादीस्थित कार्यालयमा खरिद आवेदन सक्नेछन् ।

अर्थ सन्जाल