

काठमाडौं । सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–३ घर भएका ३२ वर्षीय रमेश बानियालाई पेस्तोल १ थान, पेस्तोलमा लाग्ने म्याग्जिन २ थान र गोली ११ थानसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसूर मुद्दामा फरार प्रतिवादी बानिया काठमाडौं महानगरपालिका–८ जयबागेश्वरीस्थित जेनिस अटो रिकन्डिसन नजिक सडकमा बसिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गर्न गएको थियो । तर प्रहरीलाई देख्नासाथ बानियाले बोकेको झोला सडकमा फाली फरार भएका थिए ।
फ्यालिएको झोला तलासी गर्दा प्रहरीले हतियार फेला पारेको थियो । प्रहरीले बानियालाई खोजी गर्ने क्रममा भक्तपुर नयाँ ठिमीस्थित नयाँ बाटोमा फेला पारी पक्राउ गरेको हो ।
Artha Sanjal

अर्थ सन्जाल