प्रभु बैंक र लक्ष्मी कन्टिनेन्टल बीच सम्झौता

काठमाडौं । प्रभु बैंक र लक्ष्मी कन्टिनेन्टल बीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता भएको छ। बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र लक्ष्मी कन्टिनेन्टलका तर्फबाट महाप्रबन्धक इन्द्र सापकोटाले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार लक्ष्मी कन्टिनेन्टलबाट आयात गरिएको इलेक्ट्रिक भेहिकल, इच्छुक ग्राहक महानुभावले खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ।

बैंकको देशभर रहेका ३०१ शाखाबाट कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ। यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारी साधनलाई विद्युतीय सवारी साधनले प्रतिस्थापन गरी वातावरणीय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने विश्वास बैंकले लिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *