सेयर बजारमा १६.४२ अंकको वृद्धि, ५ अर्ब माथिको कारोबार

काठमाडौं । सेयर बजार बुधबार दोहोरो अंकले उकालो लागेको छ । यसदिन सेयर बजार कारोबार मापक नेप्से परिसूचक १६.४२ अंकले बढेको हो ।

योसँगै बजार २०३७.०६ को विन्दुमा पुगेको छ । राम्रा र बलिया कम्पनीको ३.८२ अंकले उकालो लागेर ३८३.६९ को विन्दुमा उक्लिएको छ । कारोबार रकम ५ अर्ब रुपैयाँ बढीको भएको छ ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ७ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ ।

यो दिन अन्य समूह सर्वाधिक २.३५ प्रतिशतले उकालो लागेको छ । लघुवित्त समूह १.७३ प्रतिशतले बढ्दा बैंकिङ समूहमा १.२९ प्रतिशत, जलविद्युत समूहमा ०.४७ प्रतिशत, जीवन बीमा समूहमा १.५८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.६४ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.०८ प्रतिशतको बढोत्तरी भएको छ ।

आज विकास बैंक समूह सर्वाधिक ०.९६ प्रतिशतले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह ०.९३ प्रतिशतले घट्दा वित्त समूहमा ०.९२ प्रतिशत, लगानी समूहमा ०.५४ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.६३ प्रतिशत र व्यापार समूहमा ०.७७ प्रतिशतको गिरावट आएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *