काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समिति अध्यक्षमा शिक्षा भट्टचन चयन भएकियो छिन् । २०८० जेठ २६ गते शुक्रबार कम्पनीको पाँचौं वार्षिक साधारणसभाबाट संस्थापक समूहका शेयरधनीका तर्फबाट शिक्षा भट्टचन लगायत मिजास भट्टचन, श्याम कृष्ण श्रेष्ठ र सुसन शेरचन सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
पाँचौं वार्षिक साधारणसभा पश्चात २०८० जेठ २८ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मतरुपमा सञ्चालक समिति अध्यक्षमा शिक्षा भट्टचनलाई चयन गरेको हो ।
शिक्षा भट्टचनले नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट ३० गते मंगलबार सञ्चालक समिति अध्यक्षको सपथ ग्रहण लिएका हुन् । नेपाल बीमा प्राधिकरणको कार्यालयमा भएको सपथ ग्रहण समारोहमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमण पौडेल, प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई, नायव प्रमुख कार्यकारी अधिकृत किशोर प्रासद लामिछाने लगायतको उपस्थिति रहेको थियो ।




