अर्थ सन्जाल
१८ मंसिर २०८०, सोमबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१८ मंसिर २०८०, सोमबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

जहाज बिक्रीका लागि ग्राहक खोज्दै निगम

  • अर्थ सन्जाल
  • ३१ जेष्ठ २०८०, बुधबार १२:२३


काठमाडौं । नेपाल वायु सेवा निगमले चीनबाट ल्याएका पाँच वटा जहाजको बिक्री प्रक्रिया अघि बढाएको छ। तीन वर्षदेखि ती जहाज भूमिस्थ (ग्राउन्डेड) छन्।

निगमका प्रवक्ता रमेश पौडेलले भने, “बिक्री प्रक्रिया सुरु भएका पाँच वटा चिनियाँ जहाजमध्ये एमआई–६० र वाई–१२–ई जहाज चीन सरकारले अनुदानमा दिएको थियो। बाँकी चार वटा जहाज जिटुजी–मोडेल (सरकारद्वारा सरकारसँग खरिद प्रणाली) अन्तर्गत चीनको एक्जिम बैङ्कको सहुलियतपूर्ण ऋणमा सरकार जमानी बसेर खरिद गरिएको थियो।”

पाइलट अभाव, मर्मतसम्भार र पार्टपुर्जा अभाव, बढी इन्धन खपत, नाफा दिन नसकेको लगायतका कारण निगमले यी जहाज बेच्ने प्रक्रियामा लगेको हो। ग्राउन्डेड गरिएका चिनियाँ जहाज बिक्री गर्न गत चैतको पहिलो सातामा अमेरिकाको एभियन एसेट म्यानेजमेन्ट कम्पनीका दुई जना प्रतिनिधि नेपाल आएर जहाजको मूल्याङ्कन गरेर फर्किसकेका छन्। मूल्याङ्कनको अन्तिम प्रतिवेदन आउन बाँकी छ।

एमए–६० र तीन वटा वाई–१२–ई जहाज बिक्री मूल्याङ्कन गर्न निगमले गत वर्ष मङ्सिरमै कम्पनी छनोटको टेन्डर आह्वान गरेको थियो। अधिक खर्च र न्यून आम्दानीका कारण उडाएर लाभ लिन नसक्ने निष्कर्षसहित जहाज बिक्री प्रक्रियामा निगम गएको हो। दुर्गम क्षेत्रका लागि तीन वटा जहाज खरिद गर्ने प्रक्रियासमेत सँगसँगै अगाडि बढाइएको छ।

निगमका प्रवक्ता पौडेलका अनुसार जहाज खरिदका लागि दुई महिना पहिले निगम सञ्चालक समितिका सदस्य सुधीरशमशेर राईको नेतृत्वमा गठित उपसमितिले जहाज खरिद सम्बन्धमा विस्तृत कानुनी प्रक्रियालगायतबारे छलफल तथा अध्ययन गरी सोको प्रतिवेदन निगम सञ्चालक समितिलाई बुझाइसकेको छ।

विसं २०७१, २०७३ र २०७४ मा अनुदान र सहुलियत कर्जामा गरी छ अर्ब ६७ करोड १० लाख रुपियाँ खर्च गरेर नेपाल ल्याइएका चिनियाँ जहाज कुल रकममध्ये दुई अर्ब ९४ करोड ३० लाख रुपियाँ अनुदान सहयोग र तीन अर्ब ७२ करोड रुपियाँ वार्षिक १।५ प्रतिशत ब्याजदरको ऋण बोकेर नेपाल भित्रिएका थिए।

उडान सङ्ख्या र उडान समय बढाउन सकेको भए नाफा कमाउन सक्ने यी जहाज व्यवस्थापकीय कमजोरीका कारण नेपाल आएपछि अधिकांश समय नउडाएरै घाटामा गएको निगमका कर्मचारी बताउँछन्।

वाई–१२–ई सिरिजको ‘नाइन एन एकेएस’ जहाज एक हजार ३४६ घण्टा, ‘नाइन एन एकेएटी’ जहाज ६०४ घण्टा, ‘नाइन एन एकेयु’ जहाज ५७३ घण्टा र ‘नाइन एन एकेभी’ जहाज एक हजार एक घण्टा मात्रै उडेका यी जहाजको हालको सुरुवाती बिक्री मूल्याङ्कनसमेत निकै सस्तोमा भएको निगम स्रोतले जनाएको छ। यो समाचार गोरखापत्र दैनिकमा छ ।

Artha Sanjal
मिती : ३१ जेष्ठ २०८०, बुधबार १२:२३ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

मुख्यमन्त्री कार्कीद्वारा बजेट कार्यान्वयनमा लाग्न प्रदेश सचिवहरुलाई निर्देशन

नमस्ते पेबाट उडान टिकट खरिद गर्नेले तत्कालै १०० रुपैयाँ क्यासब्याक

नेपाल वेयरहाउजिङ्ग कम्पनीको आईपीओ बाँडफाँटको मिति तय

घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च

ताजा समाचार

  1. मुख्यमन्त्री कार्कीद्वारा बजेट कार्यान्वयनमा लाग्न प्रदेश सचिवहरुलाई निर्देशन
  2. नमस्ते पेबाट उडान टिकट खरिद गर्नेले तत्कालै १०० रुपैयाँ क्यासब्याक
  3. नेपाल वेयरहाउजिङ्ग कम्पनीको आईपीओ बाँडफाँटको मिति तय
  4. घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च
  5. ई-सेवा र कतारको अल फरदान बीच रेमिट्यान्स भुक्तानी सम्झौता
  6. चोभार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीलाई
  7. रुसी सरकारलाई रुस-युक्रेन युद्धमा मारिएका ६ नेपालीको शव पठाइदिन नेपालले पठायाे पत्र

विजनेश फोकस

हिमालयन डिस्टिलरीले गर्‍यो लाभांश घोषणा

नेपाल क्लियरिङ्ग हाउसको साधारणसभा सम्पन्न,चुक्त...

हिमालयन रि–इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज...

एनआईसी एशियाको म्युचुअल फण्डमा आवेदन दिने आज अन...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.