


काठमाडौं । कुमारी बैंकले करिब पौने ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको कुल २ लाख ६८ हजार ९४९ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।
जसमा संस्थापक सेयरधनी मेनका लामाको १ लाख १६ हजार २१९ कित्ता, दीपक लामाको १ लाख ६ हजार ९११ कित्ता र अम्बरबहादुर तामाङको ४५ हजार ८१९ कित्ता छन्।
यो सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल र टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा गएर खरिद आवेदन दिन सक्नेछन्।
सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ। तोकिएको म्यादभित्र संस्थापकहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

अर्थ सन्जाल