काठमाडौं । कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।
कम्पनीले ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता आईपीओ निष्काशनको अनुमति माग्दै बोर्डमा निवेदन दिएको हो ।
पछिल्लो मिडिया कम्पनीहरु पनि धमाधम आईपीओ जारी गर्न थालेका छन् । यसअघि भर्खरै मात्र नेपाल रिपब्लिक मिडियाले पनि सर्वसाधारणमा आईपीओ जारी गरिसकेको छ । कम्पनीले शुक्रबारबाट सर्वसाधारणका लागि ३५ लाख २५ हजार ९ सय ३० कित्ता आईपीओ बिक्री गरेको हो ।




