महालक्ष्मी विकास बैंकको करिब साढे ९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । महालक्ष्मी विकास बैंकको करिब साढे ९ लाख कित्ता सेयर आजबाट बिक्री गर्ने भएकाे छ ।

बैंकको संस्थापक समूहको ९ लाख ४७ हजार ३९२ कित्ता सेयर बिक्री आज (जेठ ३० गते) बाट गर्ने भएकाे  हो । यो सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

त्यसैगरी,  इच्छुक संस्थापक सेयरधनीहरुले आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई काठमाण्डौको दरबारमार्गस्थित केन्द्रीय कार्यालयमा आवेदन दिन सकिनेछ। यसका लागि ३५ दिनको अवधि दिइएको छ।

यो अवधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम सेयर बिक्री गर्न आवश्यक प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *