नेपालमा ‘यूरो-३’ गाडी बन्द गर्नुपर्छ: वन तथा वातावरणमन्त्री डा. महतो

काठमाडौं । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले वातावरण सफा बनाउनको लागि आफूले विशेष पहलकदमी लिने बताएका छन् । मन्त्री महतोले चर्चित पडकास्टमा कुरा गर्ने क्रममा पछिल्लो समयमा भएको प्रदुषित वातावरणप्रति चिन्ता ब्यक्त गरेका छन्।
‘
‘मेरो पहिलो प्राथमिकता भनेको नै वातावरण सफा बनाउनु हो । सरकारले वातावरण सफा बनाउनको लागि करोडौं रकम खर्चिने गरेको छ । तर, विश्व परिवर्तन भैसकेको छ, एशियामा पनि भुटान बंगलादेश या छिमेकी भारतमा पनि अहिले जति गाडीहरु उत्पादन भैरहेका छन्, हाम्रै सडकमा गाडीहरु गुडेको हेर्नुहोस, एक त २० वर्ष पूराना गाडी छन्, तिनले कति प्रदुषण गर्छन् ? यो प्रदुषणले मान्छेको जीवनमा प्रत्यक्ष असर पर्छ नि । श्वाँसप्रश्वाँस त मान्छेको जीवनसँग जोडिएको कुरा हो, तर सवारीकै कारण वायु प्रदुषण भैरहेको छ, यो रोक्नुपर्छ ।’ उनले भने,

त्यस्तै मन्त्री महतोले नेपालमा विद्युतीय सवारीहरु भित्रिन थालेकोमा प्रशंसा गर्दै खुशी व्यक्त गरेका छन् । उनले भारतमा समेत युरो-८ लागु भएको सुनाए । भारतले युरो-६ गाडीहरु ६ वर्षअघि नै बन्देज गरिएको र ती गाडीहरु डम्पिङ गरिएको भन्दै उनले अहिले भारतमात्रै नभएर बंगलादेश र भुटानले पनि सुरुवात गरिसकेको बताए ।

‘विडम्बना हाम्रो देशमा अहिलेसम्म युरो-३ का गाडी चलिरहेका छन्। युरो ३ का गाडी भनेको, पोलुसन नाप जाँच गर्दाखेरि कुनैपनि गाडी उपयुक्त छैन । यसले प्रदुषण गर्छ । त्यसकारण यो कुरा चेन्ज गर्न एकदमै जरुरी छ । तर, यो काम गर्न अलिक कठिन पनि छ । प्रेसर पनि हुन्छ । म यो जिम्मेवारीमा आएपछि नै मैले यो चीजलाई पहिलो प्राथमिकतामा राखेको छु । सवारीबाट निस्किने प्रदुषणको कारण हजारौं मान्छेको जीवनलाई प्रत्यक्ष नकारात्मक असर गरेको छ । यसलाई रोक्न जरुरी छ ।’मन्त्री महतोले भने

मन्त्री महतोले विगतमा सुर्तीजन्य पदार्थको सेवनबाट क्यान्सर हुने गरेको तथ्यांक भएपनि पछिल्लो समय वायु प्रदुषणबाट पनि क्यान्सर हुने गरेकोले यथासिघ्र यसको समाधानका उपाय खोज्नुपर्नेमा जोड दिए। जसका लागि नेपालमा युरो-३ का गाडी बन्द गर्नुपर्ने उनको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *