बजाज मोटरसाइकलद्वारा ‘फाइनान्स जात्रा’ को सुरुवात, ल्यायो यस्तो अफर

काठमाण्डौ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले काठमाण्डौ उपत्यकाका ग्राहकहरुको सहुलियतलाई ध्यानमा राख्दै फाइनान्स जात्राको सुरुआत गरेको छ।

शून्य प्रतिशतमा बजाजसँग यात्रा ट्यागलाइन राखिएको यस फाइनान्स जात्राअन्तर्गत उपभोक्ताले कुनै पनि बजाज मोटरसाइकल १८ महिनासम्मको किस्तामा शून्य प्रतिशत ब्याजमा खरिद गर्न सक्नेछन्। जसले गर्दा बजाजका मोटरसाइकल खरिद गर्न चाहने उपभोक्तालाई अझै सजिलो भएको छ।

उपत्यकामा जात्रालाई जसरी विशेष महत्व दिएर मनाइने गरिन्छ त्यसरी नै बजाजले पनि आफ्नो फाइनान्स जात्रालाई एक उत्सवका रुपमा मनाएर ग्राहकमाझ अझै सहज र उत्साहपूर्ण अफर प्रदान गर्ने प्रयत्न गरेको छ। यस फाइनान्स जात्राअन्तर्गत उपत्यकाभित्र बजाज मोटसाइकल खरिदमा ५०५ डाउन पेमेन्टमा १८ महिनासम्मको किस्तामा ०५ ब्याजदरको लाभ लिन सकिनेछ।

यो जात्रा काठमाण्डौ उपत्यकाभरिका १८ बजाज शोरुमहरुमा आज जेठ २८ गतेदेखि जेठ ३२ गतेसम्म ५ दिनका लागि लागू हुने कम्पनीले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *