


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा समय माग गरी बोल्दै राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्रीको राजीनामा मागेका हुन् ।
शाहीले प्रधानमन्त्री प्रचण्डको विरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराधको मुद्दा दर्ता भएको र सर्वोच्च अदालतले जेठ ३० गते अदालतमा उपस्थित हुन भनेको भन्दै प्रधानमन्त्रीले राजीनामा दिएर अदालती प्रक्रियालाई निष्पक्ष रुपमा अघि बढ्न दिनुपर्ने माग गरे । उनले अदालतमा उपस्थित हुँदा प्रधानमन्त्री वा पुष्पकमल दाहालको हैसियतमा उपस्थित हुनुहुन्छ ? भन्दै प्रश्न गरे ।
सांसदहरूको भनाइपछि सभामुख देवराज घिमिरेले आफ्नो ध्यान आकर्षण भएको बताए । प्रतिनिधिसभाको अर्को बैठक सोमवार १ बजेका लागि बोलाइएको छ ।
Artha Sanjal

अर्थ सन्जाल