काठमाडौ । नेपालमा सामाजिक सुरक्षा कार्यक्रम निकै खर्चिलो छ । एमाले नेता मनमोहन अधिकारीको पालामा ७५ वर्षको उमेरमा १ सय रुपैयाँ दिएर वृद्धभत्ता दिएर शुरु गरेको कार्यक्रमलाई राजनीतिज्ञहरुले दुरुपयोग गरेर ६८ वर्षमा पुरयाएका छन् ।जबकि राज्यको खर्च नै कसरी चलाउने भन्ने अवस्था छ । त्यतीमात्र होइन टीएडिए भनेर सरकारी कर्मचारीले लिने गरेका छन् । पूँजिगत खर्च भएन भनेर गुनासो गरिरहेका छन् । मैले देखेको योजनाहरु पनि त्यस्तै बनाइन्छन् छिटो बनाउने भन्दा वर्षौ वर्ष लाग्ने छन् ।
नेपालको सम्भावित अर्थतन्त्र माथि उठाउने क्षेत्रहरु भनेका पर्यटन,जलस्रोत,शिक्षा यस्तै यस्तै हुन् । अर्को पर्यटन क्षेत्रमा ठूलो सम्भावना पनि छ । पर्यटनको कुरा गर्दा सिंगापुरमा हाम्रो भन्दा १०औं गुणा पर्यटक भित्र्याएका छन् हामी भने वर्षमा १२ लाख पर्यटक भित्र्याएर चित्त बुझाएर आइरहेका छौं ।जककि हिल स्टेशनका कुरा गर्ने हो भने नेपालका मान्छेहरु भारतका हिल स्टेशन नैनिताल, सिक्किम,दार्जिलिङ घुम्न जान्छन् भने भारतीयहरु पनि आउने नेपालका हिमाली एरिया हुनपर्ने हो तर त्यसका लागि योजना ल्याउन सकेका छैनौं । त्यस्तै विद्यार्थीहरु पढ्न आउने सुन्दर गन्तब्य पनि बनाउन सक्छौं तर सम्भावना खोज्नेसम्मका पनि प्रयास भएका छैनन् ।
शेयर मार्केटको क्यापिटल गेन ट्याक्समा फेरी सम्झौता भएको भनेको सुनेको छु ।सरकारले त जहाँ सहयोग गर्न पर्ने हो गर्ने नभए कठोर भएर लागू गराउनसक्नुपर्ने हुन्छ तर हाम्रोमा विडम्बना विभिन्न समूहहरुको दबाबमा सम्झौता गर्दै हिँड्नपर्ने छ ।नेपालमा सम्भावनानै सम्भावना भएको देश हो इमान्दार भएर काम गर्ने हो भने नेपालले १० प्रतिशतको ग्रोथ रेट हाँसिल गर्न सक्छ । यो भनेको ३० वर्षमा प्रतिव्यक्ति आय २० हजार डलर बनाउन सक्छौं ।सिंगापुर भन्दा पनि धेरै सम्भावना छ मात्र त्यसका लागि चाहिने भनेको सुशासन नै हो ।सुशासन ल्याउन आजैदेखि बुद्धको उपदेशको परिपालाना गरौं ।
[ यी बिषय नेपाल बैंकर्स एसोसिएसनका पूर्व अध्यक्ष भुवन दाहालले ‘फाइनान्सियल लिटरेसी नेपाल’को शुभारम्भ कार्यक्रममा ‘वर्तमान आर्थिक अवस्था तथा भावी कार्यदिशा’विषयमा राखेका धारणा हुन् ]






