काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले नेपाल सरकारले प्रस्तुत गरेको बजेटले आर्थिक क्षेत्रमा फड्को मार्न नसक्ने बताएका छन् ।
प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा आगामी आर्थिक वर्षको आय र व्ययको अनुमान (बजेट) माथिको जारी छलफलमा भाग लिँदै उनले ‘फण्डामेन्टल कोर्स करेक्सन’ का लागि अर्थमन्त्रीले अवसर गुमाएको टिप्पणी गरे ।
‘अर्थतन्त्रमा झारफुक होइन, शल्यक्रिया नै गर्नुपर्ने अवस्था छ तर बजेट त्यसतर्फ उन्मुख हुन सकेन’, उनले भने, ‘राजस्वका लक्ष्य हासिल गर्न चालु आर्थिक वर्षमा नै चुनौती देखिएको छ । यस स्थितिमा आगामी आवको राजस्वको लक्ष्य अविश्वसनीय देखिन्छ । जटिलता र अप्ठ्याराहरू छन् । त्यसलाई सम्बोधन गर्न सकिएन ।’
Artha Sanjal






