घर जग्गा लोन सेवा दिने भन्दै फेसबुक पेज बनाएर ५७ लाख ठगी

काठमाडौं । फेसबुकमा घर जग्गा लोन सेवा नामको पेज बनाई रकम ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–११ घर भई काठमाडौं महानगरपालिका–३ बसुन्धारा बस्ने नकुल चालिसे, आकाश भट्टराई, आरएन क्षेत्री भन्ने २७ वर्षीय रामचन्द्र चालिसेलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले फेसबुकमा २०७९ फागुन ११ गतेदेखि घर जग्गा लोन सेवा पेज बनाई लोन चाहिएमा सम्पर्क गर्नुहोस भन्दै प्रलोभनमा पारी विभिन्न व्यक्तिहरूबाट चेक तथा नगद गरी ५७ लाख २० हजार रुपैयाँ लिई अर्काको नामको नागरिकता दुरूपयोग गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले अरु नागरिकको विभिन्न बैंकमा खाता खोली खाताको चेक दिई ठगी गर्ने कार्यमा संलग्न भएकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले उनीहरु उपर ठगी तथा बैंकिङ कसूर मुद्दामा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *