


काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले एसीसी इमर्जिङ टिम्स एशियाकपका लागि नेपाली महिलो टोलीको घोषणा गरेको छ । रुबिना क्षेत्रीको कप्तानीमा संघले १४ सदस्सीय टोलीको घोषणा शुक्रबार गरेको हो ।
प्रतियोगिता १२ जुनदेखि २१ जुनसम्म हङकङमा हुनेछ । प्रतियोगितामा नेपाल आयोजक हङकङसँगै पाकिस्तानको ए र भारतको ए टोलीसँगै समुह ए मा रहेको छ । नेपालले प्रतियोगितामा जुन १३ मा पाकिस्तानसँग खेल्दै प्रतियोगिता सुरु गर्ने छ । त्यस्तै जुन १५ मा दोस्रो खेलमा भारतसँग र १७ जुनमा आयोजक हङकङसँग खेल्नेछ ।
नेपाली महिलो टोलीले अहिलेसम्म कै ठुलो प्रतियोगिता खेल्न लागेको हो । थाइल्याण्डले भिसाका कारणले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि उसको स्थानमा नेपालले अवसर पाएको हो।
Artha Sanjal

अर्थ सन्जाल