पृथ्वी राजमार्गको मझिमटार खण्ड भोलि दिउँसो तीन घण्टा बन्द हुने

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटार खण्डमा सोमबार ३ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने भएको छ।

नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड), मुग्लिङले सूचना जारी गर्दै मझिमटारस्थित पृथ्वी राजमार्गमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम गर्न सवारी आवागमन बन्द गर्न लागेको जनाएको छ ।

योजनाका अनुसार २०८३ कात्तिक १६ गते सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उक्त सडक खण्ड भएर सञ्चालन हुने सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *